२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

नेकपा एमालेमा बिभिन्न ९ वटा बिभाग गठन गर्ने निर्णय

१८ श्रावण २०७८, सोमबार १९:२०


साउन १८ २०७८ काडमाण्डौं

नेकपा एमालेले बिभिन्न ९ वटा बिभाग गठन गर्ने निर्णय गरेको छ ।
सोमबार ललितपुरमा बसेको एमाले स्थायी कमिटी बैठकले ९ विभाग गठन गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उहाले पार्टीको संगठन विभागको प्रमुखमा विष्णुप्रसाद पौडेल, संसदीय विभागमा सुवासचन्द्र नेम्वाङ, आर्थिक विभागमा विष्णु रिमाल, प्रचार विभागमा प्रदीपकुमार ज्ञवाली, पर्यटन प्रवद्र्धन विभागमा भानुभक्त ढकाललाई जिम्मेवारी दिएको जाानकारी दिनुभयो । उहाका अनुसार स्कूल विभागमा अध्यक्ष केपी शर्मा ओली, विदेश विभागमा राजन भट्टराई, निर्वाचन विभागमा अग्नि खरेल, स्थानीय तह विभाग प्रमुखमा देवेन्द्र पराजुलीलाई जिम्मेवारी दिइएको छ । त्यस्तै अन्य बिभागहरुपनि पछि गठन गरिने प्रवक्ता ज्ञवालीले बताउनुभयो । उहाले माधव नेपाल पक्ष फर्केर आएको खण्डमा सो समूहका नेताहरूलाई समेट्नका लागि बिभागहरुमा पर्याप्त स्थान सुरक्षित गरिएको बताउनुभयो । बैठकले राष्ट्रिय महाधिवेशनअघि भदौ २७ र २८ गते हुने विधान महाधिवेशनमा प्रस्तुत हुने बिभिन्न तीनवटा प्रस्ताव तयार गर्न छुट्टाछुट्टै समिति गठन गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।
त्यस्तै राजनीतिक बिषय तथा अन्य पार्टीको आन्तरिक बिषयमा छलफल गर्नका लागि साउन २४ गते केन्द्रीय कमिटी बैठक बोलाएको प्रवक्ता ज्ञवालीले बताउनुभयो । यसअघि आइतबार बसेको एमाले बैठकले असोज ३ गते देशका सबै वडामा वडा अधिवेशन गर्ने, असोज ९ गते सबै पालिकामा अधिवेशन गर्ने निर्णय समेत गरेको थियो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV