२०८३ बैशाख ४, शुक्रबार

   2026, Apr 17 Friday

नेपाल समूहपनि ढिलो,चाँडो सरकारमा सहभागी हुने कांग्रेसका नेता महेन्द्र यादवको दावी

१८ श्रावण २०७८, सोमबार १९:१६

साउन १८ २०७८ काडमाण्डौं


नेपाली कांग्रेसका नेता महेन्द्र यादवले प्रधानमन्त्री शेरबहादुर देउवाले जुनसुकै बेला पनि मन्त्रिपरिषद् विस्तार गर्न सक्ने बताउनुभएको छ ।
रिपोटर्स क्लब नेपालले सोमबार काठमाडौंमा गरेको साक्षात्कारमा उहाले माधव नेपाल समूहपनि ढिलो,चाँडो सरकारमा सहभागी हुने पनि दावी गर्नुभयो । उहाले बर्तमान सरकार संविधानको धारा ७६ को ५ अनुसार बनेको भन्दै प्रधानमन्त्रीले सवैलाई समेटेर अघि बढ्न चाहेको धारणा राख्नुभयो । उहाले कांग्रेसको क्रियाशिल सदस्यताको विवादपनि समाधानको चरणमा रहेको बताउनुभयो । महाधिवेशन भदौको अन्तिम साताबाट प्रारम्भ भएर मंसिर÷पुषसम्म सम्पन्न गरिसक्ने उहाको भनाई छ ।
त्यस्तै एमाले नेता आनन्दप्रसाद पोखरेलले कांग्रेस, माओवादी केन्द्रलगायतको गठबन्धनलाई दक्षिणपन्थी गठबन्धनको संज्ञा दिनुभयो । उहाले माधव नेपाल पक्षले पार्टी र कम्युनिष्टलाई मात्र नभएर मुलुकलाई नै धोका दिएको तर्क गर्नुभयो । आफूहरुले माधव नेपालले अघि सारेका ६ बुँद माग पनि पूरा गरेको र हुँदाहुँदै पार्टी एकताको लागि अध्यक्ष पनि दिन तयार भएको उहाले बताउनुभयो ।
साक्षात्कारमा जसपा कार्यकारिणी सदस्य मनिष सुमनले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम पार्टीेका तीन नेताले यथाशक्य चाँडो टुँगो लगाउने स्पष्ट पार्नुभयो । नेता सुमनले सत्तापक्षीय गठबन्धनले छोटो छरितोमा सरकारको लागि साझा कार्यक्रम ल्याउनेपनि बताउनुभयो ।
उहाले आफूहरु तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको प्रतिगमनकारी कदमको विरुद्धमा कांग्रेस, माओवादी केन्द्रसँगै एउटै कित्तामा उभिएको र प्रतिगमनलाई अन्ततः परास्त गर्न सफल भएको धारणा राख्नुभयो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV