२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

स्टाण्डर्ड नाप र तौल(पाचौँ सशोधन) विधेयक २०७६ राष्ट्रियसभामा पेश

१८ श्रावण २०७८, सोमबार १८:५३


साउन १८ २०७८ काडमाण्डौं


राष्ट्रियसभा बैठकमा स्टाण्डर्ड नाप र तौल(पाचौँ सशोधन) विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन पेश गरिएको छ ।
सोमबार बसेको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले समितिको उक्त प्रतिवेदन सभामा समक्ष पेश गर्नुभएको हो । त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल हवाई सेवा प्राधिकरण, २०७६ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ लाई पारित गरियोस् भनी राख्नुुभएको प्रस्तावलाई सभाले सर्वसम्मतिले अनुमोदन गरेको छ ।
बैठकले पूर्व प्रतिनिधिसभा सदस्य अकबरबहादुर सिंहको निधनमा शोक प्रस्ताव परित गरेको छ । राष्ट्रियसभाको अर्काे बैठक यही साउन २० गते बुधबार दिनको १ बजे बस्ने बोलाइएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV