ललितपुर महानगरले नगर प्रहरी प्रमुखको सयोजकत्वमा १५ सदस्य एलएमसी पुलिस एक्सन टिम गठन
१८ श्रावण २०७८, सोमबार १८:३२
साउन १८ २०७८ काडमाण्डौं
ललितपुर महनगरपालिकाले नगर प्रहरीको सक्रियता बढाएर सेवामा प्रभावकारिता ल्याउन एलएमसी पुलिस एक्सन टिम गठन गरेको छ ।
सोमबार ललितपुर महानगरले नगर प्रहरी प्रमुख सितराम हाछेथुको सयोजकत्वमा १५ सदस्य एलएमसी पुलिस एक्सन टिम गठन गरेको हो ।
नगरभित्र बिपद्मा परेकालाई सहजीकरण र आवश्यक सहयोग गर्न तथा नगरवासीको समस्यालाई सम्बोधन गर्न टिम गठन गरेको महानगरले जनाएको छ । एलएमसी पुलिस एक्सन टिम घोषणा कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलेनगर प्रहरीलाई आम नागरिकको सहयोग र सुरक्षामा परिचालन गर्ने बताउनुभयो ।
एक्सन टिमलाई महानगरले ज्याकेट, अग्नि नियन्त्रणमा आवइश्यक पर्ने उपकरणहरु लगाएतका सामाग्री उपलव्ध गराएको छ ।

