एबी इन्टरनेशनलद्धारा काठमाडौमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न
१६ श्रावण २०७८, शनिबार १९:५४
१६ साउन २०७८ काठमाडौँ
एबी इन्टरनेशनलले काठमाडौको बिजि मलमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविर , रक्तदान कार्यक्रम तथा निशुल्क भोजन कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेको छ ।
पुर्व मन्त्री शंकर भण्डारीको प्रमुख अतिथ्यतामा भएको उक्त कार्यक्रममा सर्व साधरणको उल्लेखनीय उपस्तिथि देखिएको थियो ।
प्रमुख अतिथि भण्डारीले कोरोना महामारीको कारणले गर्दा बजारमा रगतको अभाव भईरहेको बेलामा यो टिमले यस्तो कार्यक्रम चलाउनु एकदमै सरहानिय भएको बताएका छन ।
निशुल्क स्वास्थ्य शिविरमा ३०० जना , रक्तदान कार्यक्रममा १०० जना र निशुल्क भोजन कार्यक्रममा २४५ जनाको उपस्थिति भएको आयोजक टिमले बताएको छ ।
चिरायु नेशनल हस्पिटलको दक्ष चिकित्सकहरुद्वारा सबै सर्वसाधारणलाई नाक , कान , घाटि लगायत सुगर , पेसर जस्ता समस्याहरुको चेकजाँच गरि औषधि पनि निशुल्क रुपमा वितरण गरेको छ ।
असिम युथ कल्बका सदस्यहरुले उक्त कार्यक्रमको व्यवस्थापनको जिम्मा लिगि सफलता पुर्वक सम्पन्न गरेका छन ।

