भोलि मानसखण्ड पुनर्जागरण मञ्चले एमसीसी सम्झौता विरुद्ध खबरदारी र्याली गर्दै
१५ श्रावण २०७८, शुक्रबार १५:५७
१५ साउन २०७८, काठमाण्डौं
धनगढी, शनिवार अर्थात् भोलि दिउसो साढे ३ बजेबाट मानसखण्ड पुनर्जागरण मञ्चले खबरदारी र्याली गर्ने भएको छ । राष्ट्रघातक एमसीसी सम्झौता र सम्झौताका पक्षधर विरुद्धवाद, प्रतिवाद, गुट, उप–गुटको मोह त्यागेर राजनीतिक पार्टीको आस्था, प्रतिस्पर्धा र संलग्नता भन्दा माथि उठ्दै राष्ट्रिय स्वार्थका लागि आ–आफ्नो क्षेत्रमा एकजुट भई खबरदारी गरौँ भन्ने मूल नाराका साथ स्वास्थ्य मापदण्डको पालना गर्दै उक्त सन्धिका विरुद्ध दोस्रो चरणको खबरदारी र्याली तथा विरोध सभाको गर्ने भएको हो । उक्त र्याली बुद्ध चोकबाट सुरु भई पार्कमोड–एल।एन। चोकमा पुगेर कोणसभामा परिणत हुनेछ ।
“एमसीसी सम्झौता देश र जनताको हितमा नभएकोले गदा एमसीसी जस्तो राष्ट्रघाती सम्झौताको विरुद्धमा सारा आम नेपाली नागरिकले एक भएर लड्नुको विकल्प छैन“ भन्दै मानसखण्ड पुनर्जागरण मञ्चका युवा संयोजक पंकज चन्द ’निगम’ ले सो ठाँउका नगरिकलाई विरोध सभामा राष्ट्रिय झण्डा लिएर अनिवार्य उपस्थितीका लागि आह्वान गरेका छन् ।
एमसीसी सम्झौता विरुद्ध सोही मञ्चले पहिलो चरणको खबरदारी र्याली अन्तर्गत साउन १० गते आइतवार जिल्ला प्रशासन कार्यालय, कैलाली मार्फत नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाएको थियो । मञ्चले सोहि दिन बुद्धचोक देखि एल।एन चोक सम्म खबरदारी र्याली आयोजना गरि एल।एन चोकमा कोणसभा गरेर समापन गरेको थियो ।
एमसीसी सम्झौता नेपाल र समग्र दक्षिण एशिया भारतवर्ष कै लागि घातक रहेको भन्दै खबरदारी र्याली तथा विरोध कार्यक्रम आयोजना गरि सरकारलाई खबरदारी गरेको मानसखण्ड पुनर्जागरण मञ्चका सचिव विशाल थापाले बताएका छन् । थापाले एमसीसी सम्झौता खारेज गराउन खबरदारी सहित विशाल जनदबाब सिर्जना गर्न सम्पूर्ण सुदूरपश्चिम वासीलाई अनुरोध गरेका छन् ।

