२०८३ बैशाख १, मङ्लबार

   2026, Apr 14 Tuesday

पूर्वमाओवादीका चार नेताले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदै

१४ श्रावण २०७८, बिहीबार १३:१७

१४ साउन २०७८, काठमाण्डौं


सांसद पदमा पुनर्वहाली गर्न माग गर्दै पूर्वमाओवादीका चार नेताले सर्वाेच्च अदालतमा दायर गरेको रिटको आज सुनुवाइ हुँदै छ ।
नेकपा (माओवादी केन्द्र) को कारबाहीका आधारमा प्रतिनिधि सभा सदस्यबाट पदमुक्त भएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी परमादेशबाट सांसद पदमा पुनर्वहालीको माग गर्दै बुधबार सर्वोच्च पुग्नुभएको हो । गत चैत २६ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को पत्रका आधारमा संसद् सचिवालयले आफूहरुलाई सांसद पदबाट मुक्त गर्ने निर्णय संविधान, ऐन र माओवादीको विधानविपरीत भएको उहाँहरुको दाबी छ। उहाँहरुले आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगले असार २३ गते दिएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सभामुखले आफूहरुको सदस्यता खारेज गरेको निर्णय बदरभागी हुनुपर्ने माग गरेका गर्नुभएको छ । रिट माथिको सुनुवाई आज भैरहँदा निवेदकहरु अदालतले आफ्नो पद जोगाई दिनेमा आशावादी रहनुभएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV