२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

माधव कुमार नेपालले पार्टीलाई बिभाजन गर्न खोजेको बस्नेतको आरोप

५ श्रावण २०७८, मंगलवार १८:५८

५ साउन २०७८, काठमाण्डौं

नेकपा (एमाले) का युवा नेता महेश बस्नेतले माओवादी अध्यक्ष प्रचण्ड र एमाले बरिष्ठ नेता माधव कुमार नेपालले पार्टीलाई बिभाजन गर्न खोजेको आरोप लगाउनुभएको छ ।
राष्ट्रिय युवा संघ अन्तरजिल्ला विशेष प्रदेशको विस्तारित भेलापछि सञ्चारकर्मीसंग कुरा गर्दै बस्नेतले देशी बिदेशी शक्तिसंग मिलेर प्रचण्ड र नेपालले एमाले बिभाजन गर्न खाजेको बताउनुभएको हो । एमालेलाई सत्ताबाट हटाउने षडयन्त्रमा एमालेकै सांसदहरु सहभागी भएका कारण षडयन्त्र तोड्न नसिकएको उहाले बताउनुभयो । उहाले केपीओलीको साढे तीन बर्ष लामो सरकारले मुलुकका लागि धेरै काम गरेको जिकिर गर्नुभयो । बस्नेतले आगामी निर्वाचनमा एमालेलाई शसक्त बनाएर पुन सरकारमा आउने बताउनुभयो । उहाले पार्टीभित्र रहेर पार्टीबिरुद्ध लाग्ने सांसदहरुलाई कडा कारवाही हुने बताउनुभयो ।
त्यसअघि भेलालाइ सम्बोधन गर्दै नेता बस्नेतले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी छाड्न आग्रह गर्नुभएको थियो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV