२०८३ बैशाख ६, आइतवार

   2026, Apr 19 Sunday

अमेरिकाले उपलब्ध गराएको जोन्सन एन्ड जोन्सनको खोप आजदेखि लगाइने

२९ असार २०७८, मंगलवार ०९:४५

२८ असार २०७८, काठमाण्डौं

कोरोनाविरुद्धको खोप भेरोसेल र अमेरिकाले उपलब्ध गराएको जोन्सन एन्ड जोन्सनको खोप आजदेखि लगाइने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजबाट ५५ वर्षभन्दा माथिका र जोन्सन एन्ड जोन्सन खोप ५० देखि ५५ वर्ष उमेर समूहलाई लगाइन लागिएको हो ।
भेरोसेल विश्वविद्यालयका प्राध्यापक, शिक्षक एवं कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक, सहचालक र अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी रहेकालाई लगाइने छ भने खोप अनिवार्य गरिएको देशमा जान लागेका नेपालीले पनि भेरोसेल खोप लगाउने पाउने मन्त्रालयले जनाएको छ। त्यस्तै गरि एक डोज लागए पुग्ने जोन्सन एन्ड जोन्सन खोप अपाङ्गता भएका नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी एवं स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई लगाइने मन्त्रालयले जनाएको छ। खोप लगाउनका लागि नागरिकता वा अन्य कुनै परिचय खुल्‍ने कागाजका आधारमा खोप लगाउन पाउने विभागले जनाएको छ । कुनै प्रमाण नभएमा स्थानीय तहले प्रमाणित गरेको कागजात पेस गर्नुपर्ने हुन्छ। सार्वजनिक यातायातका चालक,सहचालकहरुको हकमा आधिकारिक परिचय पत्र र सवारी साधन नम्बरसहित व्यवसायी संघबाट तथ्यगत विवरण पेस गर्नुपर्ने हुन्छ। यस्ता विवरण प्रमुख जिल्ला अधिकारीले प्रमाणित गर्नुपर्ने हुन्छ। विश्वविद्यालय र विद्यालयका शिक्षक तथा कर्मचारीहरुको हकमा सम्बन्धित संस्थाको आधिकारिक परिचय पत्र पेस गर्नुपर्ने हुन्छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV