२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

निरन्तरको वर्षाका कारण देशका विभिन्न ठाउँ डुवान

२६ असार २०७८, शनिबार २१:२९

६ असार २०७८, काठमाण्डौं

देशभर वर्षा भएको छ वर्षाका कारण देशका कतिपय ठाउँ डुवानमा परेका छन् भने नदी तथा खोलानालामा पानी सतह बढेको छ ।
देशभर मनसुनी वायुको प्रभावका कारण पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । निरन्तरको वर्षाका कारण बाढी, पहिरो तथा अन्य कारणबाट देशभरका १६ वटा राष्ट्रिय राजमार्ग अवरुद्ध भएका सडक विभागले जनाएको छ । ६२ वटा सडक एकतर्फी चालु रहेका छन् । मनाङ, लमजुङ र तनुहँको डुम्रे बेशीसहर चामे सडक अवरुद्ध भएको छ भने पर्वतमा पुष्पलाल मध्यपहाडी राजमार्ग अवरुद्ध भएको छ । यस्तै सिन्धुपाल्चोकको लिपिंग पुल र कोदारी, रसुवाको त्रिशुली खोला, सानो भार्खु खोला र गाँजाबारीमा सडक अबरुद्ध भएको छ । यस्तै ललितपुर र मकवानपुरको कान्ती राजपथको छपेली र ठिंगिन सडक अवरुद्ध भएको सडक विभागले जनाएको छ । निरन्तरको वर्षाका कारण देशका विभिन्न ठाउँ डुवानमा पर्दा पनि सडक अवरुद्ध हुने गरेको छ । बर्षाका कारण काठमाडौंको धोवी खोला कोरिडोर आसपासका क्षेत्रमा डुवान भएको छ । बर्षापछि पानी जाने निकास नभएपछि सो क्षेत्रमा डुवान भएको हो । कोरिडोर आसपासका क्षेत्रका केहि घरहरूमा बाढी पसेको छ । निरन्तरको वर्षाले मदन भण्डारी कलेज वरपरको क्षेत्र जलमग्न थियो । सडकमा राखिएका गाडी समेत डुवानमा परेका थिए भने सर्वसाधारणको आवतजावतमा समस्या भएको थियो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV