आन्दोलनरत प्रतिपक्षी विद्यार्थी संगठनको बैठक शुक्रबार काठमाडौं नयाँ बानेश्वरमा सम्पन्न
२६ असार २०७८, शनिबार ०८:१३
२६ असार २०७८, काठमाण्डौं
आन्दोलनरत प्रतिपक्षी विद्यार्थी संगठनको बैठक शुक्रबार काठमाडौं नयाँ बानेश्वरमा सम्पन्न भएको छ ।
बैठकले प्रतिगामी असम्बैधानिक कदम,पेट्रोलियम पदार्थ माथिको मुल्य वृद्धि,भ्रष्टाचार, शैक्षिक क्षेत्रमा ब्याप्त बेथिति र बिसङगति, कोरोना संक्रमण को नियन्त्रण र रोकथाम मा सरकारको उदाशिनताका बिरुद्ध आगामी आन्दोलनका थप कार्यक्रमको तय गर्दै बिगतका कार्यक्रमको समिक्षा गरेको छ ।
साथै बैठकद्वारा नेपालको संविधानको धारा ३१, ३३ र ३५ मा क्रमशः शिक्षा, रोजगारी र स्वास्थ्यको हकलाई मौलिक हकको रुपमा किटानी गरि संविधानतस् कक्षा ८ सम्मको शिक्षा निशुल्क र अनिवार्य तथा कक्षा १२ सम्मको शिक्षा निस्शुल्क हुनुपर्दछ र स्वास्थ्य ,रोजगारीको हक पूर्ण रुपमा सुनिश्चित हुनुपर्दछ भन्ने प्रावधान व्यवहारमा कार्यान्वयन गराउने उदेश्यले संविधानमा ब्यवस्था गरिएको शिक्षा, स्वास्थ्य र रोजगारीको मौलिक हकलाई सरकारमा रहँदा वा नरहँदा कार्यान्वयन गर्ने सार्वजनिक प्रतिवद्धता जनाउन नेपाली काँग्रेसका सभापति श्री शेर बहादुर देउवा,नेकपा माओवादी केन्द्रका अध्यक्ष श्री पुष्पकमल दाहाल, नेकपा एमालेका वरिष्ठ नेता माधब कुमार नेपाल,जनता समाज बादी पार्टीका अध्यक्ष उपेन्द्र यादव,राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसि लाई संयुक्त विद्यार्थी संगठनहरुको तर्फबाट तयार गरिएको प्रतिबद्धता पत्रमा सार्बजनिक कार्यक्रम आयोजना गरि सामुहिक हस्ताक्षर गराउने निर्णय गरेको छ ।
बैठकले पेट्रोलियम पदार्थकोको मुल्यवृद्धि विरुद्ध निरन्तर र थप आन्दोलन गर्ने निर्णय गरेको छ भने देशभर संचालित आन्दोलन सफल बनाउन मेहनत र सहभागी सबैलाइ धन्यवाद व्यक्त गर्दै आन्दोलनमा भएको दमनको भ्रत्सना गरेको छ ।
बैठकमा नेबिसंघ अध्यक्ष राजिब ढुङ्गाना,अखिल क्रान्तिकारी अध्यक्ष रन्जित तामाङ,अखिल अध्यक्ष सुदेश पराजुली,समाजबादी विद्यार्थी युनियन अध्यक्ष रुपनारायण श्रेष्ठ,अखिल छैटौं का अध्यक्ष बिमल पोख्रेलले,नेबिसंघ महामन्त्री बलदेव तिमल्सिना लगाएतको सहभागिता थियो ।

