२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

राष्ट्रिय खेलकुद परिषद् र ट्रमा सेन्टरबीच सम्झौता

२५ असार २०७८, शुक्रबार १९:२०

असार २५, २०७८ काठमाण्डौं

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुको स्वास्थ्य उपचारका लागि राष्ट्रिय खेलकुद परिषद् राखेप र ट्रमा सेन्टरबीच सम्झौता भएको छ ।
शुक्रबार त्रिपुरेश्वर स्थीत राखेप परिसरमा भएको एक कार्यक्रमकाबीच राखेप सदस्य सचिव रमेशकुमार सिलवाल र ट्रमा सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. सन्तोष पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गनुृभएको हो ।
सम्झौता अनुसार अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको स्वास्थ्य उपचार गर्दा ट्रमा सेन्टरले सहयोग गर्ने छ । सम्झौतामा उल्लेख भए अनुसार ट्रमा सेन्टरले खेलाडीहरुलाई २४ घण्टा ईमरजेन्सी सेवा उपलब्ध गराउने छ भने रक्त सञ्चार सेवा, फार्मेशी सेवा, रेडियोलोजी, प्याथोलोजी शल्यक्रिया, अर्थोपेडिक तथा ट्रम सर्जरीमा पनि सहयोग गर्ने छ । यसैगरी न्यूरो सर्जजरी, इएनटी, सघन उपचार कक्ष लगाएतका कुरामा खेलाडीहरुले सहुलियत पाउने राखेप सदस्य सचिव सिलवालले बताउनुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु, प्रशिक्षक र कर्मचारीको स्वास्थय बीमा र बीमा बाहिरको उपचार राखेपले गर्ने उहाले बताउनुभयो ।
उहाले सम्झौता अघि पनि वीर अस्पताल र ट्रमा सेन्टरसंग सहकार्य गरेका जानकारी दिनुभयो । सम्झौता कार्यक्रममा ट्रमा सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट पौडेलले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुको स्वास्थ्य उपचारका लागि सवै प्रकारको सेवा दिइने जानकारी दिनुभयो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV