२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

नेपाली कांग्रेसको संस्थापन इतर पौडेल समूहको बैठक आज बस्दै

२५ असार २०७८, शुक्रबार १५:३३

असार २५, २०७८ काठमाण्डौं

नेपाली कांग्रेसको संस्थापन इतर रामचन्द्र पौडेल समूहको बैठक आज बस्दैछ ।
आसन्न महाधिवेशनमा संस्थापन इतर समूहका सभापतिका आकांक्षीबीच सहमतिमा नेतृत्व चयन गर्ने विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।
बैठक अपराह्न चार बजे बस्ने छ । महाधिवेशनमा आफ्नो समूहबाट सभापतिमा एउटा मात्रै उम्मेदवार तय गर्ने प्रयासस्वरुप आजको छलफल बोलाइएको पौडेल समूहका नेताहरुले जानकारी दिनुभएको छ । पौडेल समूहका नेता अर्जुननरसिंह केसीको पहलमा सभापतिका सबै आकांक्षीलाई एकै ठाउँमा राखेर छलफल गर्न लागिएको हो । पौडेल समूहबाट आधा दर्जन नेतृत्वका आकांक्षी रहनुभएको छ । वरिरष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला र कल्याण गुरुङले सभापतिमा दावी गर्नुभएको छ । त्यस्तै पूर्वसहमहामन्त्री केसी र डा. रामशरण महतले सभापतिमा आकांक्षा राख्नुभएको छ । यता, संस्थापन समूहबाट सभापति शेरबहादुर देउवाले नेतृत्वमा दोहोरिने गरी तयारी अगाडि बढाउनुभएको छ भने उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा दावी गर्नुभएको छ । तेस्रो समूहका नेता पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सभापतिमा उठ्ने यस अघि नै बताइसक्नु भएको छ । कांग्रेस महाधिवेशन १६ देखि १९ भदौसम्म काठमाडौंमा हुँदैछ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV