२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

वायुसेवा निगमका महाप्रवन्धक डिम प्रकाश पौडेलको राजीनामा माग गर्दै प्रदर्शन

२४ असार २०७८, बिहीबार १५:२३

४ असार २०७८, काठमाण्डौं

नेपाल वायुसेवा निगमका कर्मचारीहरूले निगमलाई नीजिकरण गर्ने लागिएको भन्दै महाप्रवन्धक डिम प्रकाश पौडेललाई कार्यालय प्रवेशमा रोक लगाएका छन् ।
बिहीबार कार्यालय समयमा कार्यालयभित्रै प्रदर्शनमा उत्रेका कर्मचारीहरुले निगमका महाप्रवन्धकलाई कार्यालय प्रवेशमा रोक लगाएका हुन् । नियमित कामका लागि कार्यालय पुगेका महाप्रवन्ध पौडेललाई कर्मचारीले काम गर्न रोक लगाएका थिए । सो क्रममा झडप हुने देखिएपछि प्रहरीले सुरक्षा दिएर पौडेललाई कार्यालयबाट फर्काएका थिए ।
निगमका तीनवटा कर्मचारी संगठनले निगमलाई निजीकरण गर्ने निर्णय फिर्ता नलिएसम्म आफूहरूको आन्दोलन पनि फिर्ता नहुने भन्दै प्रदर्शन जारी राखेका छन् ।
उनीहरुले निगमलाई धरासयी बनाएको भन्दै महाप्रवन्धक डिम प्रकाश पौडेलको राजीनामा समेत माग गरेका छन् । ट्रेड युनियनहरूले शान्तिपूर्ण आन्दोलन गर्दा पनि कर्मचारीहरूमाथि बर्बरतापूर्ण ढंगले लाठी चार्ज गरी कर्मचारीहरूलाई घाइते बनाएको आरोप लगाएका छन् । कर्मचारीहरुले निगमको सम्पतिको कम मूल्यांकन गरेको, सम्बन्धित मन्त्रालय तथा आम कर्मचारीलाई छल्दै निगम बेच्ने रणनीति बनाएको तथा गलत उद्देश्य राखी सीमित व्यक्तिको माग पूरा गर्ने राष्ट्रघाती कदम चालिएको आरोप पनि लगाएका छन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV