२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

एमाले कार्यदलको आज बसेको बैठक एजेण्डामा प्रवेशै नगरि सकियो

२३ असार २०७८, बुधबार १३:१९

२३ असार २०७८, काठमाण्डौ

नेकपा एमालेको आज बसेको कार्यदलको बैठक मुल एजेण्डामा प्रवेशै नगरि सकिएको छ ।
केहिबेर अघि बैठक बसेको तर एजेण्डामै प्रवेश नगरि छलफल टुङग्याउँदै भोलि पुन बस्ने सहमति गरेर बैठक सकिएको कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले मेगा टेलिभिजनलाई जानकारी दिनुभयो ।
एमाले एकता कायमका लागि कार्यदलले ३ दिनदेखि बैठक बसी विवाद समाधानको खोजी गरिरहेको छ । तर बैठकले अहिलेसम्म मुख्य लक्ष्य पुरा गर्न सकेको छैन । तीन दिनमा पटक पटक बैठकको मिति सार्ने देखि मुल विषयमा खास निष्कर्ष ननिकाली बैठक अनिणित भैरहेको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV