२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

एमालेलाई पुनः एकढिक्का बनाउने प्रयास तीव्रता

२२ असार २०७८, मंगलवार १३:२५

२२ असार २०७८, काठमाण्डौं

फुटको संघारमा पुगेको सत्तारुढ एमालेलाई पुनः एकढिक्का बनाउने प्रयासलाई तीव्रता दिईएको छ ।यसकालागि विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज पनि बस्दैछ ।
कार्यदलको बैठक अहिले केहीबेरमा बस्न लागेको हो । पार्टीभित्र सहमति कायम गर्न भन्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले बनाएको कार्यदल हिजो साँझबाट व्युँत्याएसँगै यस कार्यदलका बैठक सुरु भएका हुन् । पार्टीभित्र सहमति खोज्न भन्दै हिजो साँझ कार्यदलको बैठक सिंहदरबारमा बसेको थियो । हिजो साँझ बसेको बैठकमा दुवैतर्फका कार्यदलका संयोजक र सदस्यहरूको सहभागिता रहेको थियो । बैठकमा सहभागी कार्यदल सदस्य गोकर्ण विष्टका अनुसार एकताका लागि हिजोको बैठकमा संयुक्त मस्यौदा निर्माणका बिषयमा छलफल भएको छ । स्रोतका अनुसार सहमतिको मस्यौदा तयार समेत भैसकेको छ । आजको बैठकमा सहमतिकालागि तयार मस्यौदा माथि छलफल गरिने छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV