२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

युरोपका दुई महारथी फुटवल टोली इटाली र बेल्जियम आज राती भिड्दै

१८ असार २०७८, शुक्रबार १५:४४

१८ असार २०७८, काठमाण्डौं

युरोपका दुई महारथी फुटवल टोली इटाली बेल्जियम नेपाली समय अनुसार आज मध्येराती १२ः४५ मा यूरो २०२० को सेमिफाइनलमा स्थान बनाउनका लागि भिड्दैछन् । दुई टोली मुख्य प्रतियोगिताको नकआउट चरणमा भिड्न लागेको यो पहिलो अवसर हो ।
पोर्चुगलसँगको प्रि क्वार्टर फाईनल खेलमा थोर्गान हजार्डको उत्कृष्ट गोलसँगै युरोकपको साबिक विजेता पोर्चुगललाई अन्तिम १६ मा पन्छ्याएर बेल्जियम​ क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको हो । तर, उक्त जीतसँगै बेल्जियमले दुई जना स्टार खेलाडी केभिन डी ब्रुयना र इडेन हजार्डलाई आसन्न प्रतियोगितामा सामेल गराउन नसक्ने भएको छ । दुबै खेलाडि पोर्चुगलसँगको खेलमा चोटग्रस्त भएर मैदान छाड्न बाध्य भएका छन् । फुटबल विश्लेषहरूले डी ब्रुयना र हजार्डको अनुपस्थिती बेल्जियमका लागि समस्या हुन सक्ने बताउँछन् । डेनमार्कविरुद्ध दुई खेलाडीले सुरुवात नगर्दा पहिलो हाफमा बेल्जियम आक्रामक खेल प्रदर्शन गर्न सकेको थिएन । तर, प्रतियोगितामा चार जीत र तीन क्लिन सीट राखेको बेल्जियम अर्को चरणमा पुग्नका लागि आत्मविश्वासी रहेको छ ।
उता युरोकप लगायतका ३१ कीर्तिमानी खेलमा अपराजित रहँदै क्वार्टरफाइनलमा प्रवेश गरेको इटली समूह चरणका खेलमा उत्कृष्ट प्रदर्शन गरेको थियो, तथापी प्रिक्वार्टरको अन्तिम १६ मा भने इटालीले अस्ट्रियासँग कडा चुनौतीको सामना गर्नुपरेको थियो । अतिरिक्त समयमा २–१ ले विजयी बन्दै इटली क्वार्टरफाइनलमा प्रवेश गरेको हो । इटालीको अपराजित यात्रालाई बेल्जियमले कडा चुनौती दिने अपेक्षा गरिएको छ ।
आजको खेलमा बेल्जियमका तर्फबाट खेल्ने सम्भावित खेलाडिहरुमा कोर्टवा, एल्डरवियल्र्ड, भर्मालिन, भेर्टोन्गेन, थोर्गान हजार्ड, विटसल, टेलीमान्स, मुनियर, मर्टेन्स, लुकाकु, कारास्को रहेका छन् । चोटका कारण मैदान बाहिर रहेका डी ब्रुयना र एडिन हजार्डलाई भने एक्स्ट्राका रुपमा राखिएको छ ।
यसैगरि इटालीका तर्फबाट आज बेल्जियमसँग भिड्ने खेलाडिहरुमा डोनारुम्मा, डी लोरेन्जो, बोनुची, चिलेनी, स्पिनाजोला, बारेला, जोर्गिन्हो, भेराटी, चिएसा, इमोबाइल, इन्सिग्ने रहेका छन्

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV