नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बालुवाटारमा जारी
१८ असार २०७८, शुक्रबार १५:३६
१८ असार २०७८, काठमाण्डौं
नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बसिरहेको छ ।
एमालेले १० औं महाधिवेशन आयोजक कमिटी भंग गर्दै केन्द्रीय कमिटीमा रुपान्तरण गरेपछि बैठक बसेको हो । बैठकमा माधव नेपाल पक्षका सदस्यहरु भने सहभागी भएका छैनन । नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूको भेलाले यथास्थितिमा केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको थियो । सबै कमिटीलाई २०७५ जेठ २ गते अघिको अवस्थामा क्रियाशील गराउन महाधिवेशन आयोजक कमिटीको निर्णयले अवरोध पु¥याएको नेपाल पक्षको निष्कर्ष छ । केन्द्रीय कमिटी बैठकमा सहभागी हुन माधव पक्षका नेताहरूलाई २०७५ जेठ २ कै हैसियत अनुसारको पद तोकेर पत्र पठाइएको थियो । उपाध्यक्ष वामदेव गौतम भने बैठकमा सहभागी हुनुहन्छ । बैठकले महत्वपूर्ण निर्णय लिने बताइएको छ ।


