२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

नागर्जुन नगरपालिकाले नगरका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप निशुल्क लगाउने

१२ असार २०७८, शनिबार ०९:००

१२ असार काठमाण्डौं

काठमाडौंको नागर्जुन नगरपालिकाले नगरका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप निशुल्क लगाउने बताएको छ । आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै नगरपालिकाले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप निशुल्क लगाइदिने बताएको हो ।
केन्द्र, प्रदेश सरकारको जस्तै स्वास्थ्यलाई प्रमूख प्राथमिकता राखेको नगरपालिकाको बजेटमा संघीय र प्रदेश सरकारसँग संमन्वय गरेर आम नगरवासिलाई कोभिड विरुद्धको खोप निशुल्क उपल्बध गराउने भनेको छ । हाल संचालनमा रहेका आइसोलेशनलाई थप व्यवस्थित बनाउँदै लाने र कोभिड संक्रमित नगरका नागरिकको उपचार निशुल्क गर्ने नगरपालिकाले आफ्नो पाँचौ नगरसभामा प्रतिवद्धता व्यक्त गरेको हो । स्वास्थ्यपछि नगरपालिकाले आफ्नै केन्द्रीय प्रशासनिक भवन निर्माण गर्ने भनेको छ । जीवनोपयोगी शिक्षाका लागि ११ विद्यालयहरुलाई सुचना प्रविधि मैत्रि विद्यालयका रुपमा विकास गर्ने नगरपालिकको लक्ष्य रहेको छ । एक घर एक धाराको अभियान सफल बनाउन ५० लाखको सेयर खरिद गर्ने भनेको नगरपालिकाले मेलम्ची खानेपानीको लाईन व्यवस्थापन गर्न पहल गरिने उल्लेख गरेको छ । यि प्राथमिकता सहित लक्ष्य पुरा गर्न नगरपालिकाले १ अर्ब ९६ करोड ७५ लाख २५ हजार ४ सय ४ रुपैयाँको बजेट नगरसभामा प्रस्तुत गरेको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV