राष्ट्रिय पुननिर्माण प्राधिकरणमा कार्यरत प्राविधिकहरुद्धारा सामूहिक राजीनामा दिएकाछन्
११ असार २०७८, शुक्रबार २१:५९
११ असार काठमाण्डौं
आफुहरुको मागका बारेमा कुनै सुनुवाइ नभएको भन्दै राष्ट्रिय पुननिर्माण प्राधिकरणमा कार्यरत प्राविधिकहरुले सामूहिक राजीनामा दिएका छन् ।
शुक्रबार राष्ट्रिय पुननिर्माण प्राधिकरणः प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले प्रत्येक वर्ष दिने भनिएको अतिरिक्त सुबिधाहरुबाट पूर्ण बञ्चित गराइएको भन्दै ३२ जिल्लाका प्राविधिकहरुले सामूहिक राजीनामा दिएको जनाएको हो । केन्द्रीय आयोजना कार्यान्वयन इकाईमा राजीनामा बुझाउदै उनीहरुले नाराबाजी गरेका थिए । प्लेकार्डसहित नारावाजी गरेपछि प्राविधिकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्राधिकरणले दिने भनिएको सुविधाहरुबाट बञ्चित गराउदा चरणबद्ध आन्दोलन गरेको महिनौ बितिसक्दा पनि मागहरु पुरा नहुने देखेपछि बाध्य भएर आन्दोलन गर्दै राजीनामा बुझाउनु परेको समितिले जनाएको छ ।

