अदालतभित्र सेटिङ भएको हुन सक्ने प्रधानमन्त्री ओलीको आरोप
११ असार २०७८, शुक्रबार २१:३१
११ असार काठमाण्डौं
प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतभित्र पनि सेटिङ भएको हुन सक्ने बताउनु भएको छ । अदालतको निर्णय एकदिन अघि नै बाहिर आउने कुराले सेटिङ भएको हुन सक्ने बताउनु भयो ।
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले शुक्रबार बालुवाटारमा आयोजना गरेको पुस्तक लोकार्पण कार्यक्रममा प्रधानमन्त्री ओलीले अदालतमा राष्ट्रपतिको अधिकारलाई लिएर भएका प्रश्न प्रति आक्रोश व्यक्त गर्नु भएको छ । राष्ट्रपतिलाई चिथोर्ने प्रतिष्पर्धा चलेको भन्दै उहाँले आक्रोश व्यक्त गर्नु भएको हो । उहाँले भुतपूर्वको लस्करले राष्ट्रपतिविरुद्ध मुख छाड्ने प्रतिष्पर्धा गरेको बताउनु भयो । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि भइरहेको बहसमा कानुन व्यवसायीहरुले राष्ट्रपति लक्षित प्रश्नै प्रश्नै गरिरहेको बेला प्रधानमन्त्री ओलीको यस्तो भनाई आएको हो । उहाले राष्ट्रपतिलाई दिएको अधिकार सिमित रहेको भन्दै गणतन्त्र प्रतिको वैरभावका कारण राष्ट्रपतिविरुद्ध अनावश्यक टिकाटिप्पणी भएको हुनसक्ने बताउनुभयो ।

