मंगलबार थप ४ हजार ५ सय ५४ जनामा कोरोना पुष्टि
८ असार २०७८, मंगलवार २२:१२
८ असार, काठमाडौं
नेपालमा मंगलबार थप ४ हजार ५ सय ५४ जनामा कोरोना पुष्टि भएको छ ।
यो संगै नेपालका कोरोना संक्रमितको संख्या ६ लाख ५४ हजार ४ सय ७० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ४१ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा ८ हजार ८ सय १३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ४ हजार ९ सय ५४ संक्रमित कोरोनामुक्त भएका छन् । नेपालमा हालसम्म ५ लाख ६४ हजार ८८२ जना कोरोनामुक्त भएका छन् । हाल ५२ हजार ६४८ सक्रिय संक्रमित आइशालेशन र ४२५ संक्रमित क्वारेन्टाइनमा छन् ।
Share on Social Media

