उपत्यकामा जारी निषेधाज्ञा मंगलबारबाट केही खुकुलो
८ असार २०७८, मंगलवार २१:५९
८ असार, काठमाडौं
कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा मंगलबारबाट केही खुकुलो भएको छ ।
यसअघि लागु गरीएको निषेधाज्ञा केही खुकुलो पार्दै असार १४ गतेसम्म थप गरीएको हो । डिपार्टमेन्ट स्टोर्स, सपिङ मल, खेलकुद, सामग्री, पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्टका पसल, टेलरिङ सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि अपसान्ह ४ बजेसम्म सञ्चालन गर्न सकिनेछ । सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय, घरायसी सामग्री, अटोमोबाइल, शोरुम अटोमोवाइल पार्टस् पसल, इलेक्टोनिक्स पसल आइतबार मङ्गलबार र बिहिबार बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म खोल्न पाइने छ । त्यस्तै निजी सवारी तथा ट्याक्सीमा जोर बिजोर प्रणाली लागु गरिएको छ । निषेधाज्ञा खुकुलो गरेसँगै काठमाडौं उपत्यकका केही ठाउँमा ट्राफिक जाम भएको थियो । जोरविजोर प्रणाली लागु गरेसँगै कतिपय ठाउँमा फलफुल, दुध, तरकारि बोकेका गाडीलाई पनि ट्राफिक प्रहरीले रोकेको थियो ।

