नेपाली बजारमा आज सुन र चाँदी दुवैको भाउ बृद्धि
७ असार २०७८, सोमबार १५:४५
७ असार २०७८, सोमबार
नेपाली बजारमा आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुन हिजो भन्दा आज चार सय रुपैयाँले बढेको हो ।
छापावाल सुन आज प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो छापावाल सुन तोलाको ९० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ८९ हजार नौ सय ५० रुपैयाँ कायम भएको छ । त्यसैगरी चाँदीको मूल्य आज ५ रुपैयाँ बढेको छ । चाँदी आज तोलाको १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १२ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
Share on Social Media

