बागमती प्रदेशले ल्याएको बजेटले संघीयतालाई सुदृढ पार्ने नभइ कमजोर पार्ने देखिएको कांग्रेसको टिप्पणी
५ असार २०७८, शनिबार २१:५५
५ असार २०७८ शनिबार, काठमाण्डौं
नेपाली कांग्रेस संसदीय दल बागमती प्रदेशले प्रदेश सरकारले ल्याएको बजेटले संघीयतालाई सुदृढ पार्ने नभइ कमजोर पार्ने देखिएको टिप्पणी गरेको छ ।
शनिबार काठमाडौंमा प्रदेशसभा सरकारले सार्वजनिक गरेको बजेटका बिषयमा कांग्रेस संसदीय दल बागमती प्रदेशले आयोजना गरेको छलफल कार्यक्रममा इन्द्रबहादुर बानियाँले बागमती प्रदेश सरकारले संघीयता बलियो बनाउने भन्दा पनि कमजोर र अंशुक लगाउने गरि बजेट ल्याएको टिप्पणी गर्नुभएको हो ।
उहाले बजेटमा सरकारले खोपको उचित व्यवस्थापन गर्न नसकेको र बजेटमा पनि खोपका बिषयमा स्पष्ट कुरा नभएको जिकिर गर्नुभयो । बानियाँले कोरोना महामारीपछिको अवस्थामा जनतामा परेको समस्यामा पनि सरकार मौन देखिएको आरोप लगाउनुभयो । त्यस्तै उहाले बजेटलाई हेर्दा समृद्धिको यात्रामा अघि बढ्न नसक्ने र जनताप्रति पनि लक्षित नदेखिएको बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशसभाका कांग्रेस सदस्यहरु र स्थानीय तहका कांग्रेसका जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

