२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

नेबिसंघ महामन्त्री तिमल्सिना द्वारा धुस्कुनमा अक्सिजन कन्सन्टेटर सहित स्वास्थ्य सामग्री बितरण

५ असार २०७८, शनिबार ०७:४४

५ असार २०७८, शनिबार


सिन्धुपाल्चोक जिल्लामा कोभिड १९ बिरुद्धको हाम्रो अभियानू अन्तर्गत नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले स्वास्थ्य संस्था हरुमा स्वास्थ्य सामग्री हस्तान्तरण लाई निरन्तर जारी राखेका छन ।
शुक्रवार जिल्ला आएका सिन्धुपाल्चोक काँग्रेस नेता तथा संघका केन्द्रीय महामन्त्री तिमल्सिनाले त्रिपुरासुन्दरी गाउँपालिका द्वारा वडा नं ३ धुस्कुनमा संचालित पालिका स्तरीय कोभिड आइसोलेसन सेन्टर तथा स्वास्थ्य चौकिको प्रयोजनका लागि नेपाल मेडिकल एसोसिएसन (एन एम ए) बाट प्राप्त अक्सिजन कन्सन्ट्रेटर अक्सिजन उत्पादन गर्ने मेसिन हस्तान्तरण गरेका छन।
शुक्रबार धुस्कुन स्वास्थ्य चौकीमा अक्सिजन कन्सन्ट्रेटर संगै अक्सिजन नजल ट्युब २० पिस,पिपिइ सेट,सर्जिकल मास्क,ल्(ढछ मास्क,फेससिल्ड,स्यानिटाइजर,ग्लोभ्स लगाएत अत्यावश्यक स्वास्थ्य सामग्रीहरु स्वास्थ्य प्रमुख राम प्रकाश यादव लाई हस्तान्तरण गरेका छन् ।
नेपाली काँग्रेस उद्योग बिभाग सदस्य वीर बहादुर भण्डारी,नेताहरू माधब भण्डारी,राम कुमार तामाङ,इकाइ सभापति राम कुमार रिसाल सहित नेबिसंघ र तरुण दलका नेता तथा सामाजिक अभियन्ता हरुको उपस्तिथिमा सामाग्री हस्तान्तरण गर्दै महामन्त्री तिमल्सिनाले जिल्ला भर कोभिड महामारी संगै अहिलेको बिपत्ति विरुद्धको लडाइमा शसक्त परिचालन हुन जरुरी रहेको बताउँदै आफ्नो अभियान निरन्तर जारी रहने बताए ।
स्वास्थ्य कार्यालयका प्रमुख राम प्रकाश यादवले आइसोलेसन सेन्टरमा अत्यावश्यक अक्सिजन कन्सन्ट्रेटर प्राप्त हुँदा कोरोना र अन्य बिरामिको उपचारमा सहज हुने बतएका छन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV