२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

समस्यामा परेका बिद्यार्थी र सर्वसाधारणहरुलाई नेबिसंघद्धारा राहत बितरण

४ असार २०७८, शुक्रबार २२:५५

४ असार २०७८ शुत्रबार

नेपाल बिद्यार्थी संघले निषेधाज्ञाका कारण समस्यामा परेका बिद्यार्थी र सर्वसाधारणहरुलाई राहत बितरण गरेको छ ।
शुक्रबार नेविसंघ शंकरदेव क्याम्पसले बिभिन्न जिल्लाबाट अध्ययनका लागि काठमाडौं आएर बसेका बिद्यार्थी र समस्यामा परेका सर्वसाधारणहरुका लागि खाधान्न सामाग्री बितरण गरेको हो । निषेधाज्ञाका कारण काठमाडौंमा बसेका बिद्यार्थीहरुलाई दैनिक जिवनयापन गर्न निकै गाह्रो भएको भन्दै राहत बितरण गरिएको नेविसंघ शंकरदेव क्याम्पसका अध्यक्ष विवेक लामाले जानकारी दिनुभयो । उहाले बिद्यार्थीहरुलाई राहत दिनका लागि बिभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएको र समस्यामा परेका बिद्यार्थीलाई राहत उपलव्ध गराइएको बताउनुभयो ।
उहाले दैनिक जिवनयापन सहज नभएसम्म बिद्यार्थी लगाएत समस्यमा परेकालाई सहयोग गर्ने जनाउनुभयो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV