माओवादी केन्द्रका नेता सरल सहयात्री र माधब सापकोटा सुबोध द्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण
२९ जेष्ठ २०७८, शनिबार १६:१३
२९ जेष्ठ २०७८, शनिबार
विश्वव्यापी फैलिरहेको कोभिड १९ को महामारीमा सम्पुर्ण देश वासिहरु मर्कामा परेका छन् । यो अवस्थामा आफनो या अरु नभनिकिन सम्पूर्णलाई एकै हिसाबले सहयोग गर्न जरुरी छ । बिभिन्न स्थानिय निकायका जनप्रतिनिधि देखि लिएर संघ सस्थाहरु बाट समेत सहयोग आइरहेको छ । माक्स , सेनिटाइजर वितरण , राहत वितरण , अक्सिजन सिलिन्डर वितरण , आइ सियु बेड बितरण , आइसोलेसन निर्माण जस्ता आवश्यक सहयोगहरु विभिन्न स्थानमा भइरहेको छ । यसै क्रममा नेपालको बाग्मती प्रदेश अन्तर्गत पर्ने एक जिल्ला सिन्धुपाल्चोक जिल्ला हो । विकासको हिसाबले पछाडि परेको जिल्ला भएता पनि भूगोलको हिसावमा भने निकै नै क्षेत्रफल ओगटेको जिल्लामा पर्दछ । सोहि जिल्लामा पनि बिभिन्न पार्टिका नेताहरुले स्थानिय देखि आफनो र्वाचित गाँउपालिकामा समेत यस आपतकालिन घडिमा सहयोग गर्दै आइ रहनु भएको छ ।
त्यसै गरी सिन्धुपाल्चोक काठमाण्डौ सम्पर्क समन्वयन समिति नेकपा माओवादी केन्द्र र बलेफी गा पा ७ पार्टी कमिटीले स्वास्थ्य सामाग्री संकलन गरी मांखा स्वास्थ्य केन्द्र चिम्लिङलाई भ्याक्सिन फ्रिज, स्ट्याण्ड र बेसन सेट सहितको पानी ट्यांकी लगायतका स्वास्थ्य सामाग्री सहयोग गर्दै कोभिड संक्रमणबाट निधन भएका जयबहादुर नेपालीको परिवारलाई १५००० नगद समेत सहयोग गर्नु भएको हो। नेकपा माओवादी नेता सरल सहयात्री र माधब सापकोटा सुबोध ले हस्तान्तरण गर्नु भएको थियो


