२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको अनुगमन

२६ जेष्ठ २०७८, बुधबार १९:१९


जेठ २६ २०७८, बुधबार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको अनुगमन गर्नुभएको छ ।
बुधबार विमानस्थल पुगेर मन्त्री अरगरियाले बिमानस्थलको संरचना र सुधारका लागि भएका प्रयासका बारेमा जानकारी लिनुभएको थियो । त्यस्तै उहाले बिमानस्थलको रन वे र पार्कीङ क्षेत्रको पनि निरक्षण गर्नुभएको थियो । बिमानस्थलको आगमन र प्रस्थान स्थलका साथै शौचालय लगाएत समग्र सरसफाईका बारेमा पनि उहाले चासो व्यक्त गर्नुभएको थियो । अनुगमनका क्रममा मन्त्री अरगरियाले यात्रुहरुलाई सहज हुने गरि व्यवस्थापनलाई चूस्तदुरुस्त राख्न निर्देशन दिनुभयो । बिमानस्थल पहिलेको भन्दै धेरै नै सुधार भएको भन्दै उहाले केहि कमीकमजोरीलाई पनि समाधान गर्दै अघि बढ्ने धारणा राख्नुभयो । उहाले सरसफाईका लागि पनि २४ घण्टा नै जनशक्ति व्यवस्थापन गरिने जानकारी दिनुभयो ।
उहाले बिमानस्थको समग्र सुधार र व्यवस्थापनका लागि मन्त्रालयले कार्ययोजना नै बनाएर अघि बढ्ने जानकारी पनि दिनुभयो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV