२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भोलि विश्वासको मत लिनुहुने

२६ जेष्ठ २०७८, बुधबार १४:४३

जेठ २६ २०७८, बुधबार

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भोलि विश्वासको मत लिनुहुने भएको छ ।
प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा गत वैशाख २९ गते गुरुङ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । नियुक्त भएको ३० दिनमा विश्वासको मत लिनुपर्ने प्रावधान रहेकाले उहाँले प्रदेश सभाबाट विश्वासको मत लिन लाग्नुभएको हो । भोलि विश्वासको मत लिनेबारे मुुख्यमन्त्री गुरुङले प्रदेशसभा सचिवालयमा हिजो नै जानकारी गराइसक्नु भएको छ । हालसम्मको समिकरण अनुसार मुख्यमन्त्रीको पक्षमा २९ मत रहेको छ भने प्रतिपक्ष संग ३० मत रहेको छ । त्यसैले पनि अहिले दुवै पक्षलाई बहुमत पु¥याउन कठिनाई परेको छ । प्रतिपक्ष दलले आफ्नो पक्षमा ३१ सांसद पु¥याउन सभामुख नेत्रनाथ अधिकारीलाई राजिनामा गराउने तयारी थालेको छ । यसबारे माओवादी संसदीय दलले प्रदेश अध्यक्ष हितराज पाण्डेसँग छलफल गरी केन्द्रीय कमिटीको निर्देशन मान्ने निश्कर्षमा पुगेको बताइएको छ । सभामुखले दुवै तिर मत बराबरी भए मात्र मत दिन पाउने प्रावधान छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV