२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

कोरोना महामारी बिरुद्ध मा जुट्दै गोरखा क्षेत्र न १ प्रदेश सभा ख का सभापति रोशन गुरुङ

२५ जेष्ठ २०७८, मंगलवार २२:४७

जेठ २५ २०७८,मंगलबार गोरखा


विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ ले विश्वनै आक्रान्त भईरहेको जानकारी संगै नेपाल मा शहर देखी ग्रामीण क्षेत्र का कुना कुनामा समेत फैलिएको अवस्थामा गोरखा क्षेत्र न १ प्रदेश सभा ख का सभापति श्री रोशन गुरुङ ज्यु को समित्यो मा घ्यम्पेसाल मा ६ बेड को आइसोलेसन तयार गरियको छ । उहाले घ्यम्पेसल लगायत वरिपरिका भिमसेनथापा गाउँपालिकाका वडा नम्बर १ २ ३ र सुलिकोट गाउँपालिका वडा नं ८ र आरुघाट गाउपालिका वडा नं ७ र ८ का जनता लाइ कोराना भाइरस को संक्रमण भै अक्सिजन दिनु पर्ने अथवा उपचार गर्नु पर्ने अबस्था मा आफ्नो ठाउँ भन्दा बाहिर गयर उपचार गर्नु नपर्ने उदेश्यले आइसोलेसन तयार पारियको जानकारी गर्नु भयको छ। आइसोलेसन मा बिरामी रेखदेख र हेरचाहा लागी आवस्यक पर्ने नर्स र डाक्टर ब्यबस्थापनको लागि भिमसेन थापागाउपालिकाले सहयोग गर्ने उहाले जानकारी दिनु भयो । उहाले अमेरिका मा आर्थिक संकलन गरि सहयोग गर्नु हुने श्री प्रदीप श्रेष्ठ आर्थिक र भौंतिक सहयोग गर्नु हुने घ्यम्पेसाल काठमाडौं सेवा समाज र घ्यमेसाल मा आइसोलेसन ब्यबस्थापन गर्नको लागि सहयोग गर्ने घ्यम्पेसाल टोल विकाश सस्था लगायत देश बिदेश बाट आर्थिक सहयोग गर्नु हुने सम्पूर्ण ब्यक्तिहरु लाई धन्यवाद ज्ञपन गर्नु भयको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV