२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

अनेरास्वीयूका नेता प्रविण अधिकारीको पहलमा मैनादेवी फाउण्डेशनद्धारा गोरखाको लाप्राकमा स्वास्थ्य सामग्री प्रदान

२३ जेष्ठ २०७८, आईतवार ०९:४८

जेठ २३ २०७८, आइतबार


अनेरास्वीयूका केन्द्रिय सदस्य प्रविण अधिकारी, स्थानिय युवा तुलसिङ गुरुङ , किसन गुरुङ र पुस्कर गुरुङ हरुको समन्नयमा मैनादेवी फाउण्डेशनद्धारा गोरखाको लाप्राकमा स्वास्थ्य सामग्री प्रदान गरिएको छ । स्थानीय युवा हरुको समन्वयमा उक्त सामग्री शनिवार एक कार्यक्रमका बिच धार्चे गाउँपालिका वडा नम्बर ४ लाप्राकका वडा अध्यक्ष राज गुरुङ र स्वास्थ्य चौकीका प्रमुख धनबहादुर गुरुङलाई युवा समाजसेवी प्रविण अधिकारीले हस्तान्तरण गरेका हुन् । कोरोनाबाट प्रभावित लाप्राकका स्थानीयलाई स्वास्थ्य सुरक्षा र सावधानी अपनाउन मद्धत पुर्याउने उद्देश्यले १० हजार थान सर्जिकल मास्क, १८ सय थान साबुन, २० लिटर सेनिटाईजर, चार थान अक्सिमिटर, सात थान थर्मोमिटर, पाँच लिटर फिनेल, पाँच थान पिपिई सेट सहयोग गरेका छन् । उक्त सामग्री स्वास्थ्य चौकी र वडाले टोलटोलमा बितरण गर्ने बताइएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV