२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

अमेरिकाले नेपालसहित १६ एसियाली मुलुकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने

२१ जेष्ठ २०७८, शुक्रबार ११:२१

२१ जेठ २०७८,शुत्रबार

अमेरिकाले नेपालसहित १६ एसियाली मुलुकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ ।
ह्वाइट हाउसले बिहीबार एक विज्ञप्ति जारी गर्दै कोभ्याक्स कार्यक्रम अन्तर्गत नेपालसहित १६ एसियाली मुलुकलाई ७ मिलियन अर्थात झन्डै ७० लाख खोप उपलब्ध गराउन लागेको जानकारी दिएको हो ।खोप भारत, नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेशिया, थाइल्याण्ड, लाओस, पापुआ न्यू गिनी र ताइवानलगायत एसियाली मुलुकलाई खोप उपलब्ध गराइने छ । गतसाता राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी जो वाइडेनलाई पत्राचार गर्दै खोपको विशेष पहल गर्न अनुरोध गर्नुभएको थियो । यद्यपि, नेपालले प्राप्त गर्ने खोपको परिमाण भने केही समयमै टुंगो लाग्ने जनाइएको छ ।

U.S. Vice President Joe Biden speaks at a news conference where he appeared with Manhattan District Attorney Cyrus R. Vance and U.S. Attorney General Loretta B. Lynch in New York, September 10, 2015. The three were announcing the award of approximately $80 million in grants to eliminate backlogs of untested sexual assault evidence kits or “rape kits”. REUTERS/Stephanie Keith – RTSIUJ
Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV