२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

दहचोकमा तीन सय बेडको कोभिड अस्पताल सञ्चालन हुने

१८ जेष्ठ २०७८, मंगलवार १५:२२

१८ जेठ २०७८, मंगलबार काठमाडौं


काठमाडौंको चन्द्रागिरी–१ दहचोकमा तीन सय बेडको कोभिड अस्पताल सञ्चालनमा आउने भएको छ ।
स्वयम्भू स्थीत मनमोहन मेमोरियल शिक्षण अस्पतालले दहचोकमा कोभिड अस्पताल सञ्चालनमा ल्याउन लागेको हो । मंगलबार स्वास्थ्य मन्त्री ह््रदयेश त्रिपाठी र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले सञ्चालनमा आउन लागेको कोभिड अस्पतालको निरिक्षण गर्दै आवश्यक स्वास्थ्य सामाग्री उपलव्ध गराउने प्रतिवद्धता जनाउनुभयो । स्वास्थ्य मन्त्री त्रिपाठीले कोरोना संक्रमितको उपचारका लागि अस्पताल सञ्चालनका लागि पूर्वाधारको बिकास गर्ने बताउनुभयो । त्यस्तै उक्त अस्पतालका लागि अक्सिजन प्लान्ट नै राखिने जानकारी दिनुभयो । उहाले देशभरका ३८ जिल्ला अस्पतालमा समेत अख्सिजन प्लान्ट राख्न बजेट पठाइसकिएको बताउनुभयो ।
त्यस्तै शिक्षामन्त्री श्रेष्ठले अस्पतालको माग अनुसार आइसियु सहितको बेड तथा भेन्टीलेटरको पनि राखिने जानकारी दिनुभयो । अस्पताल सञ्चालनका लागि सबै आवश्यक पूर्वाधारको व्यवस्था गरिने उहाले बताउनुभयो ।
सरकारले सवै सामाग्री उपलव्ध गराए एकसाताभित्रै अस्पताल सञ्चालनमा ल्याइने मनमोहन मेमोरियल शिक्षण अस्पतालका कार्यकारी निर्देशन डा धर्मदत्त सुवेदीले जानकारी दिनुभयो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV