२०८३ बैशाख ४, शुक्रबार

   2026, Apr 17 Friday

नेपाल विद्यार्थी संघका नेताहरू द्धारा रुपन्देहीको तामनगरमा बयलगाडा प्रदर्शन

१७ जेष्ठ २०७८, सोमबार २०:५४

२०७८ जेठ १७ सोमबार, रुपन्देही
लोकतन्त्रको बहालीसँगै तत्कालीन समयमा देशमा गणतन्त्र ल्याउने क्रममा एमाले नेता एवं हालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा गणतन्त्र आउन् भनेको बयलगाडा चढेर अमेरिका जानु सरह हो, भन्ने व्याख्यालाई नेपाल विद्यार्थी सङ्घका नेताहरूले सोमवार रुपन्देहीको तामनगरमा बयलगाडा प्रदर्शन गर्दै, सरकारको चर्को विरोध जनाएका छन् ।
प्रदर्शनमा उनीहरूले, दुई तिहाइको स्थायी सरकार निर्माण हुँदा पनि नेपाल र नेपालीको अवस्था थप जटिलता तर्फ धकेलिएको बताएका थिए । तत्कालीन एमाले पार्टी र माओवादी केन्द्रको एकीकरणले वनेको दुई तिहाइ सरकारले जनताका सामान्य आधारभूत समस्याको समेत हल गर्न नसकेको भन्दै, ३ वर्ष काम भन्दा राजनीतिक लडाइँमै सकिएको जनाएका थिए ।
विद्यार्थी नेताहरूले, कोरोना महामारीको स्वास्थ्य सङ्कटका वेला पनि सरकार नागरिक प्रति जिम्मेवारी नदेखाएर राजनीतिलाई मात्रै चासो राखेको बताए साथै उनीहरूले, राष्ट्रपति जस्तो गरिमा पदमा रहेकी राष्ट्रपति भण्डारीले जनताको भन्दा बडी पार्टी राख्ने प्रवृत्तिले उक्त पदको मर्यादा नरहेको उल्लेख गरे । प्रदर्शनका क्रममा कोरोना प्रतिरोधात्मक खोप, पानी जहाज, चुच्चे रेल, पेट्रोलको कुवा, निर्मला हत्या काण्डका हत्यारा, वाइड बडी, ३३ किलो सुन, बालुवाटार जग्गा, ७० करोड, नयाँ नक्सामा उल्लेख भएको नेपाली भूमि र सांसद अपहरणकारी लगायत खोइ भनी जोड दिएका थिए ।
सो बयलगाडा प्रदर्शनमा, विद्यार्थी नेताहरुः सुदिप शर्मा, सुन्दर अर्याल, सृजना गिरी, नारायण पोख्रेल, सागर घिमिरे, मनिष श्रेष्ठ, सुजु घले, अमृत भण्डारी, सुरज श्रेष्ठ, सुमन गुरुङ र लक्ष्मण न्यौपाने लगायतले उपस्थिति जनाएका थिए ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV