२०८३ जेष्ठ २३, शनिबार

   2026, Jun 6 Saturday

आगामी आर्थिक वर्षमा २९ हजार ४ सय हेक्टर कृषि योग्य जमीनमा सिँचाइ सुविधा विस्तार गर्ने सरकार को लक्ष्य

१६ जेष्ठ २०७८, आईतवार १३:३८

२०७८ जेष्ठ १६ आइतबार

शनिवार अर्थमन्त्री बिष्णु पौडेलले प्रस्तुत गर्नु भएको बजेटले आगामी आर्थिक वर्षमा २९ हजार ४ सय हेक्टर कृषि योग्य जमीनमा सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य राखेको छ ।
बजेटमा, सिक्टा सिँचाइ आयोजनाको सम्पूर्ण काम आगामी २ वर्षभित्र सम्पन्न गर्नेगरी काम भइरहेको र यसका लागि १ अर्ब ५६ करोड बजेट विनियोजन गरिएको छ । बजेट वक्तब्यकै क्रममा अर्थमन्त्री पौडेलले,आगामी ३ वर्षभित्र रानी जमरा कुलरिया सिँचाइ आयोजनाको सम्पूर्ण काम सम्पन्न गरी २० हजार ३ सय हेक्टर जमीनमा सिँचाई सुविधा पुर्याइने लक्ष्य सरकारले लिएको बताउनु भएको छ । यस्तै आयोजना अन्तर्गतको विद्युत् गृहबाट ४ दशमलव ७ मेगावाट विद्युत उत्पादन गर्नका लागि २ अर्ब ३५ करोड रकम छुट्याइएको छ । सरकारले महाकाकली सिँचाइ आयोजनाको तेस्रो चरण अन्तर्गतको काम सम्पन्न गर्न १ अर्ब ४४ करोड, निर्माणाधीन भेरी बबई पथान्तरण आगामी आर्थिकवर्ष सम्पन्न गर्ने र बाँके र बर्दियाका थप १५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गर्दै ४८ मेगावाट विद्युत् गृह निर्माण सम्पन्न गर्ने बताएको छ । त्यसैगरीआगामी आर्थिक वर्षका लागि भूमि सम्बन्धी समस्या समाधान आयोग मार्फत भूमिहीन, सुकुम्वासी, पूर्वकमलरी, पूर्वकमैया हरुवा चरुवाको लगत संकलन नक्सांकन र अभिलेख कार्य सम्पन्न गर्दै आगामी वर्षभित्र जग्गाधनी पुर्जा उपलब्ध गराउन सरकारले ६८ करोड विनियोजन गरेको छ । त्यसैगरी भूसूचना संकलनलाई निरन्तरता दिँदै आगामी वर्ष मेचीदेखि नारायणीसम्म तराईका १५ हजार वर्ग किलोमिटर क्षेत्रको नाप नक्सांकन कार्य सम्पन्न गर्न ४३ करोड रुपैयाँ बजेट सरकारले विनियोजन गरेको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV