२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

भारतमा बितेका २४ घण्टामा १ लाख ८६ हजार भन्दा बढी कोरोना संक्रमित

१४ जेष्ठ २०७८, शुक्रबार १३:५१


१४ जेष्ठ २०७८, शुत्रबार


भारतमा बितेका २४ घण्टामा १ लाख ८६ हजार ३ सय ६४ कोरोना संक्रमितका नयाँ केस देखिएका छन् ।
बितेका ४४ दिनको तथ्यांक हेर्दा यो अहिलेसम्म कै कम संख्या रहेको त्यहाँको संघीय स्वास्थ मन्त्रालयले जनाएको छ । संक्रमितको यो संख्या थोरै नभएपनि बिगतका तुलनामा कम नै रहेकाले भारतीयहरुमा यतिबेला नयाँ आशा पलाएको छ । संज्ञmमितको पछिल्लो तथ्यांक सँगै देशमा कोरोना को कुल केसको संख्या २ करोड ७५ लाख पुगेको छ । भारतमा कोरोना संक्रमणकै कारण तनि लाख १५ हजार २ सय ३५ जनाको निधन भईसकेको छ । पछिल्लो २४ घण्टामा संक्रमितका नयाँ केस २ लाख भनतदा कम हुनु र स.क्रमण मुक्त भएर अस्पतालबाट डिस्चार्ज हुनेको संख्यामा बृद्धि आई २ लाख ५९ हजार ४ सय ५९ पुगेको छ । यद्यपी त्यहाँ कोरोना संक्रमणकै कारण मृत्यु हुनेहरुको संख्या भने चिन्ताजनक अबस्थामै कायम रहेको छ । भारतमा पछिल्लो २४ घण्टामा३ हजार ६ सय ६० जनाको मृत्यु भएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV