कोरोनाको जोखिम बढेसंगै बाँकेको जमुनाहा नाकाबाट मानिसको आवत जावत गरियो बन्द
९ चैत्र २०७६, आईतवार १४:११
बाँकेको जमुनाहा नाकाबाट मानिसको आवत जावत बन्द गरिएको छ । कोरोनाको सम्भावित संक्रमण रोक्नका लागि नेपाल र भारतका सरकारी अधिकारीबिच एक हप्ताका लागि नाकामा मानिसको आवत जावत बन्द गर्ने सहमति भएको बाँके जिल्ला प्रशासनलै जनाएको छ । सामान ढुवानी लगायत अत्यावश्यक सेवा भने यथावत् रहने प्रशासनले जानकारी दिए । जमुनाहा नाकाबाट दैनिक १० हजारको हाराहारीमा मानिसहरु आवत जावत गर्ने गरेका छन् । आइतबार बिहान मात्र दुई हजारभन्दा धेरै मानिस जमुनाहा नाकाबाट नेपाल प्रवेश गरेको छ । यसैबीच कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकी नाकामा भारतबाट नेपाल भित्रिने नेपालीको संख्या घटेको छ । भारतमा आइतबार लगाइएको जनता कफ्युका कारण नाकाबाट भित्रिने नेपालीको संख्यामा कमी भएको हो ।


