२०८३ बैशाख ४, शुक्रबार

   2026, Apr 17 Friday

नेकपाको राष्ट्रिय महाधिवेशन २०७७ चैत्त २५ देखि ३० गतेसम्म गर्ने प्रस्ताव

१५ माघ २०७६, बुधबार १८:३४

Wednesday, 29 Jan, 2020 4:16 PM

काठमाडौं,१५ माघ–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ को राष्ट्रिय महाधिवेशन २०७७ चैतमा गर्न प्रस्ताव गरिएको छ । आजदेखी शुरुभएको नेपाल कम्युनिष्ट पार्टी–नेकपा केन्द्रीय कमिटीको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदनमा २०७७ चैतको अन्तिममा सकिने गरि राष्ट्रिय महाधिवेशन गर्न प्रस्ताव गरिएको हो ।

बैठकमा महासचिव विष्णुप्रसाद पौडेलले संगठनात्मक प्रतिबेदन तथा विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची तय गरिएको छ । यसैगरी बैठकमा नेकपाका प्रदेश कमिटीका अध्यक्षहरुले आफ्नो प्रदेशका संगठनात्मक कामको रिपोर्टिङ गर्नुहुने छ । तात्कालिन नेकपा एमाले र तात्कालिन नेकपा माओबादी केन्द्रबीचबीच २०७५ साल जेठ ३ गते पार्टी एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी भएपछि दोस्रोपटक केन्द्रीय कमिटीको बैठक बसेको हो ।

राष्ट्रिय महाधिवेशन अघि २०७७ साल भदौदेखि मंसिरसम्ममा सबै स्थानीय र प्रदेश तहका अधिवेशन सम्पन्न गर्ने प्रस्ताव पनि गरिएको छ । राजनीतिक प्रतिवेदनमा २०७७ साउन महिनाको दोश्रो हप्तामा जिल्ला कमिटीले आ–आफ्नो जिल्लाको अभियानमा समिक्षा गर्ने र प्रतिबेदन तयार गरी प्रदेश कमिटीमा पठाउने, साउन महिनाको तेस्रो हप्तामा प्रदेश कमिटीले आ–आफ्नो प्रदेशको अभियानको समिक्षा गर्ने र प्रतिबेदन तयार गरी केन्द्रीय कमिटीमा पठाउने र साउन महिनाको चौथो हप्तामा केन्द्रीय कमिटीले समग्र अभियानको समिक्षा गर्ने र प्रतिबेदन पारित गर्ने प्रस्ताव गरिएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV