२०८३ बैशाख ६, आइतवार

   2026, Apr 19 Sunday

मलद्वारमा सुन र हिरा लुकाएर ल्याउने विमास्थलबाट पक्राउ

२० पुष २०७६, आईतवार १६:२८

 मलद्वारमा सुन र हिरा लुकाएर ल्याउने तीनजना त्रिभुवन अन्तराष्ट्रिय विमास्थलबाट पक्राउ परेका छन् । 

विमास्थल  प्रमुख भन्सार अधिकृत राजकुमार अधिकारीका अनुसार पाँच सय ग्राम सुन  र एक सय २० ग्राम हिरासहित तीनजना पक्राउ परेका हुन् । 
  
प्रहरीले एयर अरेबिया र नेपाल एयरलाइन्सको जहाजमा आएका भारतीय नागरिकको साथबाट सुन र हिरा बरामद गरेको हो । प्रहरीका अनुसार  उनीहरुले मलद्वारमा सुन र हिरा लुकाएर ल्याएका हुन् । थप अनुसन्धान भइरहेको  प्रहरीको भनाइ छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV