२०८३ बैशाख ६, आइतवार

   2026, Apr 19 Sunday

झन्डै १ हजार ३ सय विदेशी नेपालको कारागारमा

१० पुष २०७६, बिहीबार १५:०७

नेपालमा विदेशीहरू अपराधमा बडि संलग्न भएका छन् । केही दिनअघि मात्रै काठमाण्डूबाट नेपाल प्रहरीले १२२ जना चिनियाँ नागरिकहरुलाई पक्राउ गरेका छन् । अहिले अपराधीहरूसँग अनुसन्धान र बयान लिने काम भइरहेको छ । अनुसन्धानको नतिजाको आधारमा उनीहरूलाई मुद्दा चलाउने विषयमा निर्णय गर्ने प्रहरीको भनाइ छ । नेपालमा अहिले सम्म ७४ मध्ये ३१ कारागारमा झन्डै १ हजार ३ सय विदेशी कैदी र बन्दी भएको कारागार व्यवस्था विभागले जनाएको छ।् । सबैभन्दा बढी विदेशी कैदीबन्दी पर्सा कारागारमा रहेका छन्। केन्द्रीय कारागार सुन्धारामा १२४ जना विदेशी कैदीबन्दी छन्। तीमध्ये ६२ जना भारतीय र १२ जना चिनियाँ रहेको कारागार प्रमुख लक्ष्मीप्रसाद बाँस्कोटाले बताएका हुन । चर्चित विदेशी कैदी चार्ल्स शोभराज पनि सुन्धारामै रहेका छन

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV