मदन भण्डारी मेमोरियल कलेजको बस दुर्घटनामा २२ जना घाईते
२७ मंसिर २०७६, शुक्रबार १३:५०
मदन भण्डारी मेमोरियल कलेजको बा ५ ख ४२८६ नम्वरको बसको दुर्घटना भक्तपुरको ध्याम्पे डाँडामा भएको छ । दुर्घटना भक्तपुरको सूर्य्विनायक नगरपालिका वडा नं ७ गुण्डुे ध्याम्पे डाँडामा भएको हो । मदन भण्डारी मेमोरियल कलेजको बा ५ ख ४२८६ नम्वरको बस दुर्घटनामा २२ जना घाईते भएको सूचना प्राप्त भएको छ । घाईते भएकाहरुलाई भक्तपुरको सिद्दि स्मृती अस्पताल, इवामुरा अस्पताल, मध्यपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, मानव अंग लगायतका अस्पतालमा उपचारका लागि लगिएको एक प्रत्यक्षदर्शिले जनाएका छन् ।
Share on Social Media

