२०८३ बैशाख ६, आइतवार

   2026, Apr 19 Sunday

बेपत्ता भएका पत्रकार तेजबहादुर खड्काको परिचयपत्र सहित अस्थिपञ्जर भेटियो

११ मंसिर २०७६, बुधबार १३:२८

१५ महिनादेखि बेपत्ता भएका पत्रकार तेजबहादुर खड्काको परिचयपत्र, लाइसेन्स, कपडा, झोला लगायत सामानहरु भेटिएका छन् । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै पत्रकार खड्काको परिचयपत्र, लाइसेन्स, कपडा, झोला लगायतका सामानसँगै अस्थिपञ्जर भेटिएको जानकारी दिएका हुन् । १५ महिनापछि वेपत्ता भएको स्थानभन्दा अगाडि बाजुराको काल्टे भन्ने स्थानमा हड्डीसहित सामग्री भेटिनुले घटना रहस्यमय भएको भन्दै महासंघले सत्यतथ्य छानविन र भेटिएका हड्डीसहितका सामग्रीको वैज्ञानिक परीक्षण गर्नसरकारसँग माग गरेको छ । २०७५ साल भाद्र १० गतेदेखि बेपत्ता भएका खड्का नेपाल पत्रकार महासंघ डोटी शाखाका सदस्य थिए । करिब १४ हजार फिट उचाइमा रहेको बाजुरास्थित बुढीनन्दा तिर्थस्थलबाट फर्किने क्रममा उनी बेपत्ता भएका थिए ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV