नेकपा अध्यक्ष प्रचण्ड हेलिप्याडसम्मै गाडीमा
११ मंसिर २०७६, बुधबार १३:०२
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विमानस्थलभित्र अति विशिष्ट व्यक्ति (भिभिआपी) लाई मात्र जहाजसम्म गाडी लिन दिने नियम लागू गरेको २ महिनाभित्रै नेकपाका अध्यक्षले उलंघन गरेका छन्। मन्त्री भट्टराईले विमानस्थल कार्यालयले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश र तिनका विदेशी समकक्षीलाईमात्र जहाजसम्म गाडी लिन पाउने भन्दै सार्वजनिक सूचना जारी गरेका थिए । यसअघि असोजमा पनी उक्त नियम उलंघन गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हेलिप्याडसम्मै गाडी लिएका थिए । पूर्वप्रधानमन्त्री प्रचण्डले उक्त नियम उल्लंघन गर्दै बुधबार पनि हेलिप्याडसम्मै गाडीमात्र होइन सुरक्षाको गाडी पनि लिएका छन्। विमानस्थल स्रोतका अनुसार दाहालले पोखरा जानेक्रममा गाडी हेलिप्याडमै लिएका हुन् । प्रचण्डको गाडी हेलिकप्टरसम्मै गएको विषयमा विमानस्थल प्रमुख देवेन्द्र केसीले भने अनविज्ञता जनाए ।

