२०८३ बैशाख ६, आइतवार

   2026, Apr 19 Sunday

रानीपोखरीको पुनर्निर्माण कार्य वैशाखसम्ममा सकिने

११ मंसिर २०७६, बुधबार ११:०८

ऐतिहासिक रानीपोखरीमा अहिले कालो माटो लगाउने, पर्खाल निर्माण गर्ने र बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण भइरहेको छ । २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त रानीपोखरी र बालगोपालेश्वर मन्दिर पुनर्निर्माणको काममा तीन वर्ष ढिलाइ भएपछि पछिल्लो समय राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जिम्मा लिएको हो । निर्धारित समयमै सक्नेगरी कामले गति लिएको प्रधिकरणको दाबी छ । पुसको अन्तिम सातासम्ममा पर्खाल लगाउने र पोखरीमा कालो माटो राख्ने कामले पूर्णता पाउने प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले बताए । मन्दिरको निर्माणको काम अहिले २० प्रतिशत सकिएको छ । पर्खालको काम ८५ प्रतिशत सकिएको छ भने पोखरीको काम ४० प्रतिशत सकिएको मानन्धरले बताए । ‘वैशाखसम्ममा नागरिकले पुरानै शैलीको रानीपोखरी देख्न पाउनेछन’, उनले भने ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV