२०८३ बैशाख ६, आइतवार

   2026, Apr 19 Sunday

डाक्टर प्रभु जोशीलाई ठक्कर दिएर भागेको बस र चालक रामेछापमा पक्राउ

१० मंसिर २०७६, मंगलवार १४:२५

काठमाडौंको नयाँ वानेश्वरमा डाक्टरलाई ठक्कर दिएर भागेको बस र चालक रामेछापमा पक्राउ परेका छन् । प्रहरीले रामेछापबाट बा ३ ख ६१४ नम्बरको यात्रुवाहक बस र चालकलाई नियन्त्रणमा लिएको हो । प्रहरीले भक्तपुर सूर्य्विनायक बस्ने चालक बुद्धिकुमार कोजुलाई सोमबार रामेछापबाट पक्राउ गरि काठमाडौं ल्याईएको हो । आइतबार बिहान नयाँ वानेश्वरस्थित सिभिल अस्पतालमा कार्यरत डाक्टर प्रभु जोशी मर्निङ वाक निस्किएको बेला सो बसले ठक्कर दिँदा डाक्टरको घटनास्थलमै मृत्यु भएको थियो । संसद् भवनको दक्षिण गेट अगाडि बसले ठक्कर दिएको भए पनि प्रहरीले बस र चालकको पहिचान गर्न सकेको थिएन । सीसीटीभी फुटेजमा सो गाडी नयाँ बसपार्क, भक्तपुर, काभ्रे हुँदै रामेछापतर्फ पुगेको देखिएको थियो । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV