श्रीलंकाका नवनिर्वा्चित राष्ट्रपतिले गौतम बुद्धको जन्मस्थल नेपाल आफूहरुको मन मुटुमा रहेको बताए
३ मंसिर २०७६, मंगलवार १०:१५
श्रीलंकाका नवनिर्वा्चित राष्ट्रपति गोटावया राजापाक्षले गौतम बुद्धको जन्मस्थल भएका कारणले पनि नेपाल आफूहरुको मन मुटुमा रहेको बताएका छन् । राष्ट्रपतिमा निर्वाचित भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई सामाजिक सञ्जालमार्फत् शुभकामना व्यक्त गरेका थिए । उनले सार्क देशभित्र शान्तिपूर्ण सहअस्तित्वको वृद्धि र आर्थिक समृद्धिका लागि आफूले प्रयास गर्ने समेत बताएका छन् ।
Share on Social Media

