प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रत्यारोपणका लागि अमेरिका लगिने
१ मंसिर २०७६, आईतवार १५:४९
प्रधानमन्त्री केपि शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपणका लागि अमेरिका लगिने भएको छ । दुई महिनाअघि सिङ्गापुरमा प्लाज्माफेरिसिसको माध्यमबाट शरीरको एण्टिबडी नष्ट गरिए पनि कार्यक्षमतामा ह्रास आएपछि प्रत्यारोपण गरिने भएको हो । मिर्गौला प्रत्यारोपणका लागि अमेरिका जाने तयारी भए पनि मिति भने तय भएको छैन । सिङ्गापुरमा उपचार गरेर फर्किए पनि प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार नदेखिए पछि फोक्सोमा समेत पानी जमेको चिकित्सकले बताएका छन् । ग्राण्डी अन्तर्रा्ष्ट्रिय प्रधानमन्त्री ओलीको स्वास्थ्य सन्तुलित राख्न नियमित डायलासिस अथवा प्रत्यारोपण विकल्प बनेको थियो । प्रधानमन्त्रीले मिर्गौला प्रत्यारोपण नै गर्ने इच्छा देखाएको बालुवाटार स्रोत बताउँछ । प्रधानमन्त्री ओलीको १३ वर्षअघि सन् २००७ मा नयाँ दिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

