पार्टी २०७५ जेठ २ को अबस्थामा नफर्काए पार्टी विसर्जन हुने माधव नेपाल पक्षधर भातृ संगठन को चेतावनी
२१ जेष्ठ २०७८, शुक्रबार ११:०८
२१ जेठ २०७८,शुत्रबार
माधव नेपाल पक्षधर १७ भातृ संगठनले पार्टी २०७५जेठ २ को अबस्थामा नफर्काए पार्टी विसर्जन हुने चेतावनी दिएकाछन् ।
संगठनहरुका तर्फबाट विहीबार संयुक्त पैस विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीबाट संविधान नै गुम्ने खतरा रहेको बताएकाछन् । प्रधानमन्त्री ओलीको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमले नेपाली जनताको लामो संघर्ष र बलिदानबाट स्थापित ब्यवस्था र संविधान नै गुम्ने खतरा पैदा भएको विज्ञप्तीमा उल्लेख छ ।
आफुहरु पनि एकताबध्द पार्टीकै पक्षमा रहेको र जनसंगठनका संरचनालाई २०७५ जेठ २ गतेको अबस्थामा नफर्काए पार्टी विसर्जन हुने र नयाँ ढंगले पार्टीको पुनर्गठन गर्नु पर्ने सामुहिक घोषण गरेकाछन् । यसरी विज्ञप्ति जारी गर्ने नेपाल निकट १७ भातृ सङ्गठन र पदाधिकारीमा किसान महासङ्घका अध्यक्ष बलराम बास्कोटा, महिला सङ्घकी अध्यक्ष जयन्ती राई, जिफन्टका विषु लम्साल, पेसागत महासङ्घ नेपालका विश्वनाथ प्याकुरेल, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, युवा सङ्घका नरेश शाही, प्रेस चौतारीका विश्वमणी सुवेदी, नेपाल खेलकुद महासङ्घका पुरुषोत्तम पौडेल लगायत रहेकाछन् ।


