१६ तोला अवैध सुनसहित चावहिलबाट दुई जना पक्राउ
१५ आश्विन २०७६, बुधबार १६:५१
महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले नवलपरासीका ४० वर्षीय ध्रुवबहादुर दर्लामी र बाग्लुङका २५ वर्षीय नीरबहादुर परियारलाई त्रिभुवन विमानस्थल हुँदै सुन ल्याउँदै गरेको अवस्थामा मङ्गलबार साँझ चावहिलबाट पक्राउ गरेको हो ।पक्राउ परेकासँग प्रहरीले १६ तोला १४ लाल सुन बरामद गरेको छ । उक्त सुनको मूल्य रु १२ लाख बराबर रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैलाई थप अनुसन्धान र कारवाहीका लागि राजश्व कार्यालय पठाएको वृत्तले बताएको छ ।
Share on Social Media

